पोखरा । पोखरा रंगशालामा जारी १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार तेस्रो क्वाटरफाइनलमा संकटा क्लबले १–० गोलअन्तरले मनाङलाई पराजित गर्न सफल भएको हो । उसका लागि विदेशी खेलाडी फोफो नाले गरेको १ गोल नै निर्णायक भएको हो ।
खेलको ४४ औं मिनेटमा अफ्रिकन खेलाडी फोफो नाले कत्ती पनि गल्ती नगरी भली हान्दै विपक्षी पोस्टको जाली चुमाउन सफल भएका थिए ।
पहिलो हाफको उत्तरार्धमा संकटाले लिएको अग्रता जोगाउँदै अन्ततः सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । मनाङले प्राप्त केही राम्रा अवसर खेर फाल्दा उपाधि दौडबाट बाहिरिन पुगेको हो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ ६ पटकको च्याम्पियन हो ।
प्रतियोगितामा फोफो ना नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार जिते । आहारारामा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको संकटाले जितसँगै पहिलो सेमिफाइनल खेल एपीएफ क्लबसँग खेल्नेछ ।
मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१