बारपाक सुलिकोटमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
Health Camp News 2021

पोखरा । कर्मफ्लाइटस् फाउन्डेसन नेपालले २०७२ मा गएको विनासकारी भूकम्पको छैटौं वर्ष स्मृतिमा स्वास्थ्य शिविर गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको सहकार्यमा २ दिनसम्म आयोजित शिविरमा करिब ९ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

कर्मफ्लाइटस्का स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा हाड जोर्नी तथा नसा रोगको विशेषज्ञ उपचार गरिएको थियो । साथै वरिष्ठ डाक्टरबाट नाक, कान, घाँटी रोग, सामान्य चिकित्सामध्ये पेट, छाती दुखाई, तल्लो पेट दुख्ने, एलर्जी स्वास्थ्य समस्याको उपचार तथा रोग प्रतिरोधात्मक परामर्श प्रदान गरिएको थियो ।

शिविरका मिडिया संयोजक सलिना गुरुङले गम्भीर स्वास्थ्य सेवाका आवश्यकता पूर्ति गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

माझथर मावि स्वाँरामा भएको शिविरमा बारपाक सुलिकोट ३ र ४ (साविक सौरपानी र स्वाँरा गाविस) अन्तर्गतका मानिसहरु हिडेरै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

शिविरपछि बाँकी औषधी हेल्ट असिस्टेन्ट कृष्ण भट्ट मार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए । कार्यक्रममा ४० जनाको स्वास्थ्यकर्मी टोली र माझथर माविका शिक्षक विद्यार्थीले स्वयंसेवी भूमिका निर्वाह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भनी ठगी गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…

hero news full width