लमजुङ । स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखा लमजुङको अध्यक्षमा खुसीमाया गुरुङ चयन भएकी छन् । बेंसीसहरमा बिहीबार भएको संघको पाँचौ जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
संघका राष्ट्रिय सल्लाहकार एवं निवर्तमान महासचिव नवराज पहाडीले अधिवेशन उद्घाटन गरे । उनले नेपालमा राजनीतिक दलले राम्रो संस्कार संस्कृतिको जग बसाउन र विकास गर्न नसकेका कारण पत्रकारिता पनि त्यसबाट प्रभावित भएको बताए । उनले त्यस्ता दलको छायाँबाट मुक्त पत्रकारिताका लागि स्वतन्त्र पत्रकार संघको आवश्यक रहेको औंल्याए ।
संघका निवर्तमान राष्ट्रिय सदस्य सुशील विक, राष्ट्रिय पार्षद चन्द्रकान्त पौडेल, प्रदेश पार्षद शर्मिला अधिकारी, जिल्ला सदस्यहरू खुसीमाया गुरुङ, प्रमोद अधिकारी, सिर्जना मौरती लगायतले बोलेका थिए ।
संघ उपाध्यक्षमा बेलबहादुर थापाले निरन्तरता पाए । सचिव प्रमोद अधिकारी चयन भए । सदस्यहरू अञ्जना पौडेल, नरमाया शाही र सिर्जना मौरती चयन भए ।
अधिवेशनले संघका निवर्तमान राष्ट्रिय सदस्य सुशील विकको संयोजकत्व ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सदस्यहरु कुमारी तामाङ, रुद्रनिधि तिवारी, तीर्थराज पराजुली र डम्बर आले छन् ।
प्रदेश पार्षदमा विष्णुकुमार श्रेष्ठ, चन्द्र मिश्र, सूर्यबहादुर विक र काजी बस्नेत चयन भए । निवर्तमान महासचिव नवराज पहाडी, पूर्व जिल्ला अध्यक्षद्वय कृष्ण आले र चन्द्रकान्त पौडेल, सीमादेवी ढकाल र शर्मिला अधिकारी राष्ट्रिय पार्षद् चयन भएका छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१