पोखरा । चितवनमा आयोजना गर्न लागिएको चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रदर्शनीको मिति सरेको छ ।
एड स्पेस मिडियाले चैत २७ देखि २९ सम्म आयोजना गर्न लागेको सो प्रदर्शनी कोभिड–१९ संक्रमणको जोखिमका कारण आगामी भदौलाई सारिएको हो । जसअनुसार अब २०७८ भदौ १८ देखि २० सम्म भरतपुरको चितवन एक्स्पो सेन्टरमा प्रदर्शनी हुने शुक्रबार विज्ञप्तिमार्फत जनाइएको हो ।
स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुरोध स्वीकार गर्दै मिति परिवर्तन गर्नुपरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।
कृषि विकास बैंकको मुख्य प्रायोजनमा हुने सो प्रदर्शनीको मिति परिवर्तन गर्नुपरेकोमा प्रदर्शनीका प्रायोजक, सहभागी कम्पनी, अवलोकनकर्ता तथा सहयोगी संस्थालाई पर्न जाने असुविधाप्रति आयोजकले क्षमा समेत मागेको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१