फाइल तस्बिर
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो १० दिनयता डढेलोले झन्डै १० प्रतिशत वन सखाप भएको छ । डिभिजन वन कार्यालय नवलपुरको तथ्यांक अनुसार यहाँको झन्डै ७५ हजार हेक्टर वन क्षेत्रमध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ । यो करिब ५ दिन अगाडिको तथ्यांक हो ।
धुवाको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुन जस्ता समस्या आउन सक्छन् ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार नवलपुरमा एकै दिन ४५ स्थानसम्ममा डढेलो लागेको थियो । डढेलो लाग्ने क्रम पछिल्लो २ दिनयता केही कमी भए पनि डढेलो लागेको वनको क्षेत्रफल भने मोटामोटी ७ देखि ८ हजार हेक्टर बढी पुगेको अनुमान गरिएको छ ।
काफ्लेका अनुसार नवलपुरमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ । त्यसो त यस वर्ष मौसम सुख्खा हुनु, बेलैमा जंगल सरसफाइ गर्न नपाउनु लगायत कारणले पनि बढी डढेलो लागेको नवलपुरका डिभिजनल वन अधिकृत काफ्लेले बताए ।
नवलपुरका पहाडी क्षेत्रदेखि नारायणी नदीसँग जोडिएको निकुञ्ज आसपासको क्षेत्रमा पनि अहिले डढेलो लागेको छ ।
डढेलोकै कारण वातावरण प्रदुषित भए पनि नेपाल सरकारले ४ दिनका लागि शैक्षिक संस्था बन्द गरेको थियो ।
डढेलोको धुवाले फोक्सोमा समस्या भएका तथा दमका रोगीलाई श्वासप्रश्वासमा समस्या हुने र केटाकेटी तथा ज्येष्ठ नागरिक यसबाट बढी प्रभावित हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागार्इंले बताए ।
त्यसैगरी धुवाको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुन जस्ता समस्या आउन सक्ने उनले बताए । सरकारले डढेलो नियन्त्रणका लागि बर्सेनि अर्बौ रुपैयाँ खर्च गर्ने गरे पनि त्यसको प्रभावकारिता यस वर्ष खासै देखिएको छैन ।
जिल्लाका विभिन्न स्थानमा लागेको डढेको र वनका उपभोक्ता, सशस्त्र प्रहरीले नियन्त्रण र वनका कर्मचारीले प्रयास गरिरहेका छन् ।
मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको उनको भनाइ छ ।
सञ्चारमाध्यमबाट सूचना सम्प्रेषण गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम तथा गोष्ठी गरिएको भए पनि वनमा आगो देखिनु उपभोक्ताको असन्तुष्टि रहेको हुन सक्ने आंकलन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेका अनुसार समयमै दाउरा नखोल्दाका कारण उपभोक्तामा सामुदायिक वनप्रतिको माया घटेका कारण यस्तो भएको हो ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१