पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराका संस्थापक अध्यक्ष प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा सोमबार साँझ निधन भयो ।
पोखरा–७ मासबार निवासी बराल पोखरा बहुदल पार्क (हालको सहिद पार्क) पार्दी, पुष्करेश्वर महादेव मन्दिर मासबार र बायोग्याँस विकास समूह पोखराका पनि संस्थापक अध्यक्ष हुन् ।
उनी श्रीकृष्ण मावि मासबार र जनप्रिय मावि सिमलचौरका पूर्व अध्यक्ष हुन् भने वैकल्पिक ऊर्जा विकास प्रवद्र्धन केन्द्रका पनि केन्द्रीय सदस्य रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिए/बिएल तथा उदयपुर युनिभर्सिटी राजस्थान भारतबाट समाजशास्त्रमा एमएम गरेका बराल अधिवक्ता पनि हुन् ।
बरालको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । देवघाटमा केही वर्ष रहेर गायत्री पुनस्चरण गरेका बरालको ‘वेदान्त प्रवेशिका’ नामक कृति प्रकाशित छ ।
उनको शवयात्रा सोमबार बिहान ८ बजे मासबारस्थित निवासबाट हुने र पोखरा ९, शान्तिघाटमा अन्त्येष्टि गरिने पारिवारिक सूत्रले जनाएको छ ।
स्व. बरालका २ पत्नी, ३ छोरा, ३ छोरी र नातिनातिनी छन् । जेठो छोरा डा. विनोद बराल, साहिँला छोरा सरोजनारायण बराल (नेपाली कांग्रेस पोखरा महानगर समितिका सचिव) र कान्छा धर्मेन्द्रनारायण बराल हुन् । माहिला प्रमोदनारायण बरालको केही वर्ष अघि निधन भएको छ ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१