तस्बिर : दुर्गा पाैडेल
पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन् ।
नोभेल एकेडेमी पोखराका प्रमुख कार्यकारी अधिकृत आचार्य २३ वर्षदेखि निरन्तर लायन्स क्लबमा सक्रिय रहँदै आएका छन् ।
विभिन्न पद हुँदै गभर्नर बने आचार्यले आफ्नो कार्यकालमा दीगो विकाससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना अगाडि सारेका छन् । सम्पूर्ण लायन्सलाई समेटेर डिष्ट्रिक्टको नेतृत्व गर्ने उनले प्रतिबद्धता छ ।
यस्त, डिष्ट्रिक्टको प्रथम भाइस गभर्नरमा महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्य निर्विरोध निर्वाचित भए ।
लायन्सको आइडि इन्डोर्सीमा बालकृष्ण बुर्लाकोटीले शतप्रतिशत मत प्राप्त गरी विजयी भएका छन् । उनले अन्तर्राष्ट्रिय निर्देशकका लागि मल्टिपलमा प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान छ ।
यसैगरी, लायन वर्ष २०२१÷०२२ का लागि विभिन्न पदमा मनोनीत गरिएको छ । डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा दुर्गाप्रसाद हुमागाईं, क्याबिनेट ट्रेजरमा पृथ्वीराज तिमिल्सिना, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा राजेन्द्रकुमार बाटाजु, पिआरओ इन चिफमा उदयकुमार नेपाल, लङरेन्ज प्लानिङ कमिसन चिफ रामबहादुर बसेल, लायन्स प्रोजेक्ट्स म्यानेज्मेन्ट चिफमा ध्रुव श्रेष्ठ, चिफ डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटरमा चण्डीप्रसाद अर्याल, चिफ एम्बास्डर अफ गभर्नरमा रामचन्द्र पोखरेल छन् ।
यस्तै, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटरततर्फ गण्डकी–धौलागिरिमा किशोर बराल, वाग्मतीमा अर्जुन लामिछाने, वेलफेयर बैंक चिफमा मिलन थापा, सस्टेनेवल डेभलपमेन्ट गोल चिफमा रामबहादुर (आरबी) अधिकारी, लिडरसीप एकेडेमी चिफमा सुचित्रा थापा मनोनीत भए ।
लियो डिस्ट्रिक्ट प्रेसिडेन्टमा प्रकाश थापा, भाइस प्रेसिडेन्टमा योगेश गौतम मनोनीत भएका छन् ।
पोखरामा आयोजित कन्भेन्सनमा करिब ४ हजार लायन्स सदस्यको सहभागिता थियो । सो अवसरमा पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष) अन्तर्गत २ सय ८० ट्रस्टिद्वारा करिब ५ सय छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो ।
हाल लायन्सको डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका छन् । उनको कार्यकाल जुन अन्त्यदेखि सकिनेछ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१