१० किमी दौड आज

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।

१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको हो । पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकले नाम दर्ता गराएको मञ्चका द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

पुरुषतर्फ ४ सय ७५ भन्दा बढीले र महिलातर्फ ८० जनाले नाम दर्ता गराएका छन् । दौडको शुभारम्भ तथा विजयीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले अर्पण गर्ने कार्यक्रम तय भई सकेको मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले जनाए ।

पोखरा रंगशालाबाट सुरु भई पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, सहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सिर्जना चोक, सभागृह चोक, न्युरोड, विपी चोक हुँदै मानवअधिकार चोक (पोखरा ट्रेडमल) पुगेर समापन हुनेछ । दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समूहलाई सदाझैं सांस्कृतिक झाँकी र बाजागाजासहित धावकलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसैगरी सवारी आवगमनका कारण धावकलाई बाधा पुग्ने भएकाले सम्पूर्ण यातायात व्यवसायीलाई केही समयका लागि आफ्ना सवारी साधन नचलाउनसमेत आग्रह गरेको छ ।

कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजीवन सदस्य तथा स्वास्थ्य समितिका संयोजक सम्मरबहादुर श्रेष्ठले जनाएका छन् । उनले भने, ‘हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीलाई समेत यसबारे सचेत गराएका छौं ।’ स्वास्थ्य सचेतनासँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीलाई नेलम्बो नेपालले स्वास्थ्यका सामग्री मास्क र सेनिटाइजरसमेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठले बताए ।

विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ३ सय जना धावकलाई उनीहरुले दौड पूरा गरेको क्रमसंख्याका आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत गत फागुन १ मा पुरुषतर्फ म्याराथन र महिलातर्फको हाफ म्याराथन भइसकेको छ भने फागुन २२ मा महिला पुरुष ह्विल चियर र दृष्टिविहीन दौडसमेत सम्पन्न भइसकेको छ । सो इभेन्टअन्तर्गत आगामी वैशाख ४ मा छात्रछात्रातर्फ ५ किमी दौड हुँदैछ ।

Related News

सम्बन्धित समाचार

    • अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव स्थगित

      आदर्श समाज सम्वाददाता जेठ ४, २०७८
      पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोरोना महामारी रोकथामका निम्ति देशका…
    • ५ किमी दौडमा नर्मता र विवेक प्रथम

      आदर्श समाज सम्वाददाता वैशाख ४, २०७८
      पोखरा । भूपू खेलाडी मञ्चको आयोजनामा १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रछात्रा दौड भएको छ । पोखरामा शनिबार…
    • पोखरा म्याराथन एम्समा दर्ता हुने

      आदर्श समाज सम्वाददाता चैत्र २२, २०७७
      पोखरा । नेपाली अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल वार्षिक योजनासहित छलफल अघि बढाएको छ । मञ्चको शनिबार…
    • पोखरा अन्तर्राष्ट्रिय म्याराथन : १० किमी दौडको उपाधि तीर्थ र फूलमतीलाई

      आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तीर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल…
    • १० किमी दौडमा ५५५ धावक

      आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ…

    hero news full width

    sanil ads

    wordlink ads