पोखरा। शान्ता मावि, भकुण्डेले तेस्रो सिर्जना कप सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ ।
पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह नमुना माविलाई पराजित गर्दै दोहोरो उपाधि जितेको हो । उसले दुवै इभेन्ट्मा नगद ७०÷७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
शान्ता माविका जीवन सुनार र सुभा राई सर्वोत्कृष्ट खेलाडी घोषित
उसले छात्रतर्फ फाइनलमा कालिका माविलाई ३–१ सेटले हराएको थियो । जसमा २५–१८, १६–२५, २५–२१ र २५–१९ सेट निस्केको हो ।
यस्तै, छात्रातर्फ अमरसिंहको चुनौती २५–२१, २५–११, २१–२५ र २७–२५ सेटमा पाखा लगाएको हो ।
उपविजेता कालिका र अमरसिंहले समान ३५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
छात्रतर्फ मेश्रम वराह मावि घान्द्रुक र छात्रातर्फ जनप्रिय मावि तेस्रो भए ।
मेश्रमले वाराही मावि मालेपाटनलाई तथा छात्रातर्फ जनप्रियले छोरेपाटन मावि पोखरालाई समान ३–१ सेटमा हराउँदै तेस्रो स्थान सुरक्षित पारेका हुन् । उनीहरुले समान २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शान्ता माविका जीवन सुनार र सुभा राई सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजार पाए । छात्रतर्फ शान्ता माविका विवेक सुनार सेटर, पुस्कर ठगुन्ना ब्लकर, कालिकाका मिलन विक ब्लकर, मेश्रम वराह माविका नीरज धमाल डिफेन्डरमा उत्कृष्ट घोषित भए ।
छात्रातर्फ स्पाइकरमा अमरसिंह माविकी गंगा गुरुङ, सेटरमा शान्ता माविकी पूर्णिमा राई, डिफेन्डरमा शान्ताकै गंगा गुरुङ र सर्भरमा जनप्रिय माविकी विपना पुन घोषित भए । उत्कृष्ट सवैलाई जनही १ थान भलिबल पुरस्कार प्रदान गरिएको छ ।
विजयीलाई राखेप सदस्य राजेशकुमार गुरुङ, आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल, सिर्जना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१