महिलालाई सीप विकास तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
training news 2077

पोखरा । महिला सीप विकास संस्थामा सञ्चालित गुडिया बनाउने तथा सिलाइ तालिम समापन भएको छ । १ महिनासम्म चलेको तालिमको समापन कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सांसद थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । सीपमूलक तालिमका साथै बोल्ने कलाको समेत विकास गर्न र राज्यले महिलालाई सबै क्षेत्रमा आरक्षण दिएको हुँदा अवसरको सदुपयोग गर्न उनले सुझाए ।

संस्थाका कार्यकारी निर्देशक रामकली खड्काको अध्यक्षतामा भएको समापन समारोहमा ग्रो नेपालका अध्यक्ष महेन्द्र नारायण महत्तोले तालिमको प्रभावकारी उपयोगमा जोड दिए ।

तलिममा १५ जनाले गुडिया बनाउने र १८ जनाले सिलाइ आधारभूत सीप सिकेका थिए । महिला सीप विकास संस्थाले सञ्चालन गरेको महिला सशक्तीकरण कार्यक्रमलाई ग्रो नेपालले सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width