खास्टेताल महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
khasta tall

लेखनाथ  । खास्टे तथा न्युरेनी ताल किराना खरानेफाँटमा हुने प्रथम खास्टे ताल महोत्सव–२०७७ तयारीमा तीव्र पारिएको छ ।

यही चैत १२ देखि २२ सम्म हुने महोत्सव तयारीमा स्थानीय मानिस सक्रिय रुपमा लागिपरेको महोत्सवका सहसंयोजक शिवहरि ढुंगानाले जानकारी दिए ।

खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको आयोजना र राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहकार्यमा हुने महोत्सव सफल पार्न विभिन्न ३२ वटा उपसमिति गठन गरिएको छ ।

महोत्सवमा माछा तथा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुति लगायत मनोरञ्जनात्मक कार्यक्रम हुने ताल संरक्षण समितिका अध्यक्ष तथा महोत्सवका मुल संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width