पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीको प्रथम परिषद् पोखराको पर्यटकीयस्थल काहुँडाँडामा हुने भएको छ ।
पोखरा ११ स्थित काहुँ अन्तर्गतका १० सामुदायिक वन समूह एवं विभिन्न संघसंस्थाको संयुक्त बैठकले चैत ७ मा काहुँमा परिषद् बस्ने निर्णय गरेको हो ।
सोको लागि विभिन्न समिति गठन गरिएको छ । नारायणप्रसाद आचार्य संयोजक तथा सोमनाथ आचार्य, खेमराज आचार्य, हिराबहादुर केसी, नन्दलाल आचार्य र गिरधारी बराल सदस्य रहेको भोजन तथा आवास व्यवस्थापन समिति, सूर्यबहादुर कार्की संयोजकत्वको मञ्च व्यवस्थापन तथा कुमारबहादुर क्षेत्री संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।
यस्तै, खानेपानीतर्पm इन्द्रबहादुर खत्री, स्वागतमा अम्बिका आचार्य, भोजन तथा आवास व्यवस्थापन समितिमा संयोजक नारायणप्रसाद आचार्यलाई चयन गरिएको छ ।
काहुँ विशेषगरी ढकमक्क फुलेको लालीगुराँस सहित त्यहाँबाट आँखै अगाडि मनोरम हिमालको दृश्यावलोकनका लागि चर्चित छ ।
परिषद्मा प्रदेशका ११ जिल्ला अन्तर्गत ८० स्थानीय महासंघ, केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला महासंघ सहित २ सय ५० जनाको सहभागिता रहने महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१