बम विस्फोट भएको मालपोत कार्यालय ठप्प

रासस
चैत्र २, २०७७
siraha malpot

लहान । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् ।

हिजो दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । प्रहरीसँग समन्वय गरी कार्यालय भवनको सरसफाइ गराइरहेको उहाँले बताउनुभयो ।

बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको भनाइ छ । बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० ले लिएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विस्फोट भएपछि स्थानीय प्रशासनले जिल्लास्थित सबै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

कार्यालयभित्र र बाहिर कुनै शङ्कास्पद बस्नु रहे नरहेको बारम्बार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने, सेवाग्राही कार्यालय प्रवेश गर्नु पूर्व ल्याएका ब्याग, झोला नियमित जाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न निर्देशन दिइएको छ ।

यसैगरी सेवाग्राहीको व्यवहार शङ्कास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शङ्का लागेमा तुरुन्तै जाँच गर्ने वा नजिकको सुरक्षा निकायमा सूचना दिई सहयोग गर्ने, कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि नियमित पालो पहराको व्यवस्था गर्ने, पालो पहरा बस्ने व्यक्तिको सम्पर्क नम्बर नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने, सेवाग्राहीको विवरण राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width