पोखरा । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो ।
वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ ।
पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने युआरएलको तयारी छ । आगामी वैशाख पहिलो साता हस्पिटलचोक शाखाबाट सेवा दिने अध्यक्ष पन्तले बताए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेको युआरएल गण्डकी प्रदेशका मुख्य बजारमा शाखा स्थापना गरी सबैलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध छ ।
शाखा सुरुआतको अवसरमा रक्त परीक्षणमा विशेष छुटको समेत व्यवस्था रहेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए । मेडिकल बायोकेमिस्ट, टेक्नोलोजिस्ट, टेक्निसियन गरी ५ जना यहाँ कार्यरत छन् । पूर्ण स्वचालित एनालाइजर मेसिनबाट रक्त परीक्षण गरी तुरुन्तै रिपोर्ट दिइने जनाइएको छ । २०७० सेवा सुरु गरेको युआरएलका प्रधान कार्यालय पोखरासहित तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेंसीसहरमा शाखा सञ्चालन भइसकेका छ ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१