भवनको समुद्घाटन समारोहमा बोल्दै राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना । तस्बिरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्ता बार्गेनिङ गर्ने नेपाली राजनैतिक दलको परिपाटी नै गलत भएको बताएका छन् । पोखरा ५ पस्र्याङस्थित सामुदायिक भवन उद्घाटनपछि सभाध्यक्ष तिमिल्सिनाले शुक्रबार सो कुरा बताएका हुन् । नेपालका राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाउँदै सभाध्यक्ष तिमिल्सिनाले पछिल्लो विवाद पनि देश र जनताको सवालमा नभई सत्ता बार्गेनिङ नै भएको दाबी गरे ।
अहिलेसम्मको हन्डर ठक्करबाट दलहरुको बुद्घि फिर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले अपारदर्शी र स्वार्र्थी गठबन्धनमा नलाग्न पनि सुझाए । एकतामा नै शक्ति हुने भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसको उदाहरण सामुदायिक भवन निर्माण भएको उल्लेख गरे ।
पोखरा ५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विकास निर्माणमा वडाले सक्दो पहल लिइरहेको बताए । ‘जनता मालिक हुन् भन्ने मूल मर्मलाई आत्मसात् गर्दै वडाले काम गरिरहेको छ,’ उनले भने, ‘विकासमा सहकार्य हुन्छ ।’ वडाध्यक्ष नेपालीले यसै वर्ष भवनसम्म पुग्ने बाटो ढलान गर्न बजेट विनियोजन गर्ने प्रतिबद्घतासमेत जनाए ।
कास्की कांग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले राजनीतिक रुपमा क्षतविच्छेद समाजलाई टोल विकासले जोडेको विचार राखे ।
कार्यक्रममा एमाले वडाध्यक्ष विष्णुप्रसाद बराल, कांग्रेस वडा सभापति फणिन्द्रराज पराजुली, समाजसेवी भरतबहादुर अधिकारी, निर्माण समितिका कोषाध्यक्ष खिमबहादुर कार्की, समाजसेवी वेदनिधि शर्मा, अनुगमन समिति संयोजक महेन्द्रराज दाहाल, रातामाटा आमा समूह अध्यक्ष पवित्रा शर्मा, आमा समूहकी उपाध्यक्ष सीता शर्मा, सल्लाहकार लेखनाथ सोती, टोल विकास संस्थाका अध्यक्ष टेकनाथ तिमिल्सिना, निर्माण समितिका अध्यक्ष डिल्लीराम भट्टराई, सचिव विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए । यसैबीच जग्गादाता दुर्गादत्त ढुंगाना र अनील पराजुलीसहित सहयोग दातालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कुल २१ लाख ७ हजार ७ सय २८ को लागतमा २ तले पक्की भवन निर्माण गरिएको हो । निर्माणका लागि १ सय ९२ जना टोलवासीको आर्थिक सहयोग रहेको थियो । पोखरा ५ मा कुल २२ टोल विकास संस्था र १९ आमा समूह छन् ।
Related News
सम्बन्धित समाचार
एमाले वडा कमिटी २१ को पदस्थापन
एकीकृत समाजवादी गण्डकीमा नेपाली
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१