पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोरखाको घ्याम्पेसालमा निशुल्क स्वास्थ्य शिविर भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखरा, सामुदायिक सेवा केन्द्र गोरखा, दुर्गम स्वास्थ्य सेवा केन्द्र कास्की, लायन्स क्लब अफ गोरखा र भीमसेन थापा गाँउपालिका गोरखाको आयोजनामा सोमबार शिविर भएको हो ।
स्वास्थ्य शिविरमा उक्त क्षेत्रबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका तथा नभएका ४ सय ६० जनाको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा स्त्री रोग, आँखा जाँच, बालरोग, जनरल फिजिसियन, हाड जोर्नी सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिएको छ ।
शिविरका लागि विशेषज्ञ सहितको डाक्टर तथा प्राविधीक टोली पोखराबाट गएका थिए । शिविरमा इसिजी र सुगर रोगको पनि निशुल्क परिक्षण गराइएको थियो । ग्रामीण पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविरमा करीब १ लाख ५० हजार भन्दा बढीको निश्ुल्क औषधीसमेत वितरण गरिएको थियो ।
भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यतामा तथा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराका अध्यक्ष विपीन अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१