गुप्तेश्वर क्याम्पसले पायो क्युएए प्रमाणपत्र

Avatar आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
qaa

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा १७ छोरेपाटनले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको छ ।
सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीका अनुसार क्याम्पसले आयोगबाट २०७७ फागुन १४ गते क्युएएको प्रमाणपत्र पाएको हो । उनका अनुसार क्याम्पसले आयोगबाट ५ वर्षका लागि प्रमाणपत्र पाएको हो ।

क्याम्पस प्रमुख धर्मराज बरालले प्रमाणपत्र प्राप्तिका लागि आयोगले गुणस्तरका लागि तोकेको नीति, नियम, भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्यांकन प्रक्रिया, समुदायसँगको सम्बन्ध, सामाजिक संघ संस्थासँग क्याम्पसको सम्बन्ध, अनुसन्धान, पाठ्यक्रम मूल्यांकन लगायत ८ मापदण्ड पूरा गरेको बताए ।

‘प्रतिवेदनको प्राविधिक अध्ययनका लागि विदेशी विज्ञसहितको टोलीले विभिन्न चरणमा अध्ययन भ्रमण, सरोकारवालासँग अन्तक्र्रिया तथा मूल्यांकनको आधारमा आयोगसमक्ष सिफारिस गरेको थियो,’क्याम्पस प्रमुख बरालले भने, ‘त्यसपछि आयोगको बैठकले प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको हो ।’

उनले उच्च शिक्षण संस्थाहरु गुणस्तरका न्यूनतम मापदण्ड पूरा गर्ने गरी सञ्चालित हुन भनेर सुनिश्चितताको प्रयोजनार्थ आयोगले संस्थागत प्रत्यायन प्रणाली लागु गरेको बताए । क्याम्पसले शैक्षिक उपलब्धि प्राप्त गरेको खुसीयालीमा सोमबार झाँकी बाजागाजा भजनसहित प्रभातफेरी निकालेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीले पर्यटकीय क्षेत्रको जनशक्ति उत्पादन गर्न क्याम्पसले ब्याचलर अफ होटल म्यानेजमेन्टको कार्यक्रम चलाएको बताए ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यले प्रमुख संरक्षकका रुपमा रहेको समितिले गुफाबाट आर्जित रकम शिक्षामा लगानी गर्ने नीति लिएको भनाइ राखे । कार्यक्रममा क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष ज्ञाज शर्मा वाग्ले, सञ्चालक समितिका सदस्य युवक लामिछाने लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • ‘विद्यार्थीको रोजाइमा टुरिजम कलेज’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराले विद्यार्थीका लागि स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक…
    • जेएमसीको २२ औं सभा : क्याम्पसको वार्षिक बजेट साढे २० करोड

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २२, २०७७
      पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाएका…
    • राजदूत दाहालसँग इक्यान कास्कीको अन्तरक्रिया

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १९, २०७७
      पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालसँग अन्तक्र्रिया गरेको छ । पोखरामा भएको…
    • भिमादमा विद्यालय बन्द नहुने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १७, २०७७
      दमौली । सरकारले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्ने जनाए पनि भिमाद नगरपालिकाले भने नियमित रुपमा विद्यालय…
    • ४ दिन शिक्षण संस्था बन्द हुने

      rss रासस चैत्र १६, २०७७
      काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले आजदेखि चार दिनका…

    hero news full width

    sanil ads

    wordlink ads