रघुजी पन्तविरुद्ध सांसद कोमल वलीद्वारा गाली बेइज्जती मुद्दा

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
komal-oli

काठमाडाैं ।  जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ ।

अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, “मेरो इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ ।”

मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ (१), (२) कसूरबमोजिमको सजायँका साथै विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र रु दश हजार जरिवानासमेत गरी हदैसम्मको सजायको माग नेकपा(एमाले)का नेता पन्तविरुद्ध गरिएको छ । कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ ।

पूर्वमन्त्री पन्तले यही फागुन १५ गते राजनीतिक दलको कार्यक्रममा वलीप्रति लक्ष्य गर्दै उहाँले कसरी सांसद पद पाएको भन्ने अभिव्यक्ति दिनुभएको थियो । एक अनलाइन पत्रिकामा भने पन्तले माफी मागिसक्नुभएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…

hero news full width