पोखरा । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन भएको छ ।
विसं १९९० चैत ३ गते जन्मेका उनको पोखरा महानगरपालिका ९ न्युरोडस्थित आफ्नै निवासमा बस्थे । सोमबार राति उनकाे निधन भएको हो ।
सोमबार राति एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्रोतले जानकारी दिएको छ । ८७ वर्षमा निधन भएको मर्सानीको मंगलबार पोखरा तुल्सीघाटमा अन्त्येष्टी गरिने भएको छ ।
पूर्व निजामती कर्मचारी उनी महेन्द्र मावि नयाँबजारको पूर्व विद्यायल व्यास्थापन समिति अध्यक्ष, नयाँ सडक सुधार समितिका पूर्व सल्लाकार र राष्ट्रिय माविको पूर्व शिक्षक पनि हुन् । नेपाली कांग्रेसको राजनितिमा सक्रिय मर्सानी पछिल्लो समय पनि क्रियाशील थिए । उनको मृत्यूले पार्टीलाई अपुरणीय क्षति भएको नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले बताए ।
उनका ४ छोरा र १ छोरी रहेका छन् । स्व. मर्सानीका छोरा दीपेन्द्र मर्सानी नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ प्रदेश ख का सभापति हुन् ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१