काठमाडौँ, २३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो लिखित मन्तव्यमा उहाँले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गर्नुभएको छ ।
जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित भएका सुखद् अवसरमा उहाँले सदस्य एवं सभालाई क्रियाशील बनाउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गर्नुभएको छ । सभामुखले भन्नुभएको छ, “ऐतिहासिक फैसलाका लागि सम्मानत सर्वोच्च अदालतप्रति आभार प्रकट गर्दछु । यस ऐतिहासिक फैसलाबाट संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार प्राप्त सर्वोच्च अदालतप्रति आम जनताको भरोसमा वृद्धि भएको छ ।”
प्रतिनिधिसभाको जीवनमा उल्लेखनीय मोड निकै कम हुन्छन् भन्दै सभामुखले हामी त्यस्तै ऐतिहासिक समयको साछी भएका छाँै भन्ने आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएको छ । उहाँले फागुन ११ सँगै आजको दिन पनि इतिहासमा स्मरणीय रहने बताउनुभयो ।
संविधानले शक्तिपृथक्कीकरणको सिद्धान्तलाई अबलम्वन गर्दै उहाँले शक्ति सन्तुलन र नियन्त्रणसहित संवैधानिक सर्वोच्चता स्वीकार गरेको र प्रतिनिधिसभाको पुनः क्रियाशिलतासँग यो मान्यता अझ स्थापित भएको बताउनुभयो ।
“सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधानमा प्रतिनिधिसभाको पूर्ण कार्यकाल र त्यसमार्फत स्थिरताको जुन परिकल्पना गरेको थियो, त्यो स्थापित भएको छ”, सभामुखले भन्नुभएको छ, “सर्वोच्च अदालतबाट भएको यसको विहङ्गम व्याख्या मात्र भएको छैन, भविष्यमा जनताको नेतृत्व गर्नेलाई मार्गदर्शन पनि गरेको छ ।”
राष्ट्रिय राजनीतिमा उत्पन्न उल्झन जनताको सार्वभौमसत्ता सम्पन्न निकायबाट सम्वाद र बहसमार्फत सुल्झाउनुपर्छ भन्ने संविधानको मर्म र भावना उज्यालिएको उहाँको भनाइ छ । उहाँले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को सातौँ अधिवेशन शुरु गर्न गृहकार्य चलिरहँदा अप्रत्यासित रुपमा गत पुस ५ गते प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको स्मरण गर्नुभयो ।
प्रतिनिधिसभाको सातौँ अधिवेशनसम्म आइपुग्दा नेपालको संविधान र प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरेको आफ्नो नियमित काम गर्नुका साथै संविधान कार्यान्वयन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थतागत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा पुनःक्रियाशिल भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी पनि थपेको उल्लेख गर्दै सभामुखले भन्नुभएको छ, “केही वृत्तबाट विगतका विसंगतपूर्ण अभ्यास दोहोरिने आशङ्का उत्पन्न भइरहेको सन्दर्भमा यस सभालाई जीवन्त, गतिशिल र थप जनमुखी बनाउन सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल एवं माननीय सदस्यको भूमिका महत्वपूर्ण हुन्छ ।” राजनीतिक स्थायित्व र जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्न यो सभा आफ्नो जिम्मेवारी निर्वाहमा सफल हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१