पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।
एकातिर पानी सुक्ने र अर्को तर्फ फेवाताल पुर्ने काम भइरहेको भन्दै रत्न मन्दिर फेवाताल सरोकार समिति, नागरिक समाज, सिटिजन्स जुरी, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति लगायत संरक्षणकर्मीहरुले ध्यानाकर्षण जनाएका हुन् ।
सौन्दर्यकरणका नाममा जानाजान फेवातालको झण्डै २५ सय वर्ग फिट भूभाग मिच्नु भनेको फेवाताल माथिको अपराध मात्र नभई सम्मानित सर्वोच्च अदालतको मानहानी समेत रहेको उनीहरुको ठम्याइ छ ।
फेवातालमाथि भएको गम्भीर गल्तीलाई समयमै सच्चाइ तालविरोधी उक्त कार्य तत्कालै खारेज गर्न उनीहरुको माग छ । पुरिएको तालको भूभागबाट ढुंगामाटो लगायत सम्पूर्ण वस्तु उठाउन सम्बन्धित पक्षसँग आग्रह पनि गरेको छ । यसका लागि आवश्यक छानबिन गरी तालमाथि प्रतिकूल असर पार्ने गतिविधिमा संलग्न दोषीलाई कारबाही गर्न माग पनि गरेको छ ।
शनिबार रत्न मन्दिर फेवाताल सरोकार समितिका रामबहादुर पौडेल, नागरिक समाज कास्कीका इन्द्रकमल मानन्धर, सिटिजन्स जुरी कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुली, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका विष्णुहरि अधिकारी र संरक्षणकर्मी शशि तुलाचनले ध्यानाकर्षण गराएका छन् ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१