काठमाडौँ, २१ फागुन । सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिइने भएको छ ।
यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिउ तापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिनुभयो । उहाँका अनुसार खोप उपलब्धताको आधारमा पहिले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिन थालेको हो । उहाँले हिमाली जिल्लामा भने ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो ।
दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हुँदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ । सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशस्थित कार्यालयका कर्मचारीलाई खोप लगाउन सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय मिलाउने छ ।
संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, सार्वजनिक संस्थानका कर्मचारीलाई नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले पहिलो चरणमा खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमयसेविका, स्थानीय तहका कर्मचारी, प्रहरी र स्थानीय तहका कर्मचारीलाई पनि खोप उपलब्धताका आधारमा दोस्रो चरणमा खोप लगाइने व्यवस्था मिलाएको छ ।
सरकारले पहिलो चरणमा चार लाख २९ हजार व्यक्तिलाई खोप लगाएको थियो ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१