म्याग्दी । झुठो विवरण पेस गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएका धवलागिरी–३ का वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनीहरुले बुधबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
अर्कैको सन्तान आफ्नी छोरी भनी जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालतबाट अनुसन्धानका लागि बिहीबार ५ दिन म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।
नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई प्रहरीलाई गत फागुन ९ मै पक्राउ गरेको थियो । दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवालाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेस गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो । नावालक परिचयपत्र बनाउन फागुन ८ मा प्रशासनमा कागजात पेस भएकोमा ती कागजात शंकास्पद पाएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीसमक्ष पठाएको थियो ।
झुठा ठहरिएपछि पक्राउ परेका भण्डारीसँग बयानका क्रममा वडाध्यक्ष र सचिव समेत तानिएका हुन् ।
प्रहरीका अनुसार बयानमा रेशमबहादुरले दिवालाई जापान पठाउन नाबालक परिचयपत्र बनाउन लागेको स्वीकारेका छन् । १६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानु परे नावालक परिचयपत्र आवश्यक पर्छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१