पोखरा । प्रभु बैंक लिमिटेडले पोखराको तालवाराही मन्दिरमा क्युआर कोड व्यवस्था गरेको छ । तालबाराही मन्दिर व्यवस्थापन समिति र बैंकको सक्रियतामा शुक्रबारदेखि क्युआर कोड सञ्चालनमा आएको हो । क्युआर कोड मार्फत् चढाएको भेटी अब सिधै मन्दिरको बैंक खातामा जानेछ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंक लिमिटेड गण्डकी प्रादेशिक प्रमुख वीरेन्द्र भट्ट लगायतले तालवाराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष प्रशुराम पहारीलाई क्युआर कोड प्रदान गरे ।
क्युआर कोड प्रदान गर्दै नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले नगद कारोबार गर्नु भन्दा विद्युतीय कारोबार सुरक्षित रहेको बताए । उनले नगद कारोबार गर्दा रोग सर्न सक्छ भने कोरोनाका बेला पुष्टि भएको बताए ।
क्युआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने र कारोवार गर्दा कुनै पनि शुल्क नलाग्ने प्रभु बैंकका प्रमुख व्यापार अधिकृत प्रमुख शान्ति शेरचनले बताइन् । बैंकले हाल २ सय १३ शाखा, ५८ एक्सटेन्सन काउन्टर र करिब १६ लाख ग्राहकलाई सेवा दिदै आएको उनले बताइन् ।
यो सुविधासँगै मन्दिरमा भक्तजनहरूले आफनो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् सजिलै दान गर्न सक्ने प्रभु बैंक बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारीले बताए । उनले नगद कारोवारलाई डिजिटल प्रणालीमा लैजाने नेपाल राष्ट्र बैंकको नीति अनुसार नै सेवाको सुरुआत गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१