पोखरा । ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका ७ खेल भएका छन् । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा एवाइसी हेम्जालाई १–० गोल अन्तरले पराजित गर्दै सँगम एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सँगमको जीतमा बेलप्रसाद गुरुङले निर्णायक १ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २–१ गोल अन्तरले सहज जीत निकाल्यो । सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १ गोल गरे । भने फिटनेसको तर्फबाट किर्बिनले सान्त्वना १ गोल फर्काए । पाटन एफसी र नयाँगल्ली एफसीबीच भएको तेस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा नयाँगल्लीले ३–१ गोल अन्तरले पराजित ग¥यो ।
त्यस्तै आयोजक निलो र चाउथे एफसीबीच भएको चौथो खेल गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा चाउथेले ३–२ गोल अन्तरले जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । पाँचांै खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।
बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए । छैटांै खेलमा मालेपाटन एफसीले बेलीबारलाई २–० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।
यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एसोसिएसनमाथि १–० गोल नतिजासहित संघर्षपूर्ण जीत निकाल्यो । कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे । खेल संयोजक निकेश गुरुङका अनुसार बिहीबार ७ खेल सञ्चालन हुनेछन् ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१