पोखरा नर्सिङ क्याम्पसले मनायो ३८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७७
nurshing (2)

पोखरा। पोखरा नर्सिङ क्याम्पस, पोखराले विविध कार्यक्रम गरी ३८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विद्यार्थी मुखपत्र र क्याम्पसको प्रोस्पेक्टस–२०२० विमोचन गरियो ।

समारोहमा उपप्राध्यापक कमला घर्ती र आर्थिक उपनियन्त्रक पुष्पराज पौड्याललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने विभिन्न तहका विद्यार्थीलाई जेहेनदार तथा निशुल्क छात्रवृत्ति प्रदान गरियो ।

वार्षिकोत्सव अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विजयीलाई प्रमाणपत्र वितरण गरिनुका साथै विद्यार्थीलृ विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारको अध्यक्षतामा भएके कार्यक्रममा उपप्राध्यापक इशाबेल लवट, कर्मचारी संघ पोखरा क्याम्पस इकाइ समिति सभापति ज्ञानकुमारी पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शाखा अधिकृत प्रजापति पराजुली र स्वागत शाखा अधिकृत धनबहादुर थापाले गरेका थिए ।

२०३९ सालमा स्थापित क्याम्पसमा ४० जना विद्यार्थी र न्यून संख्यामा शिक्षक कर्मचारीसहित सिएमए कार्यक्रमबाट सुरु भएकोमा हाल प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्यापन हुने गरेको क्याम्पस प्रमुख ताम्राकारले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width