पोखरा । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ९ खेल भएका छन् ।
पोखराको पुरानो टुडिखेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बिटीको जीतमा सुनिल विकले डबल ह्याट्रिक गरे । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल थपे ।
अर्काे खेलमा फोर टु फाइभ एफसीले आयोजक ओरेन्जलाई ४–१ गोल अन्तरले पराजिय ग¥यो । फोर टु फाइभको जीतमा सकुल गुरुङले २ गोल गरे भने आशिष क्षेत्री र संगम ठकुरीले समान १ गोलको योगदान दिए । आयोजक बिटी ओरेन्जको तर्फबाट राजन केसीले सान्त्वना १ गोल फर्काए ।
नारायण गोपाल शीतल देवी क्लबलाई २–० को गोल अन्तरले हराउँदै एलजी एसोसिएसन दोस्रो चरणमा प्रवेश ग¥यो । एलजीको जीतमा प्रियसन गुरुङ र विजय गुरुङले समान १ गोलको योगदान दिए ।
मेरो नेपाल फुटबल क्लबलाई रञ्जन मेमोरियलले २–० गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार रञ्जनको जीतमा सुशान गुरुङ र रोशन छन्त्यालले समान १ गोल गरेका थिए । पाँचौं खेलमा एसवाइसिबीले विष्णु पादुकालाई २–१ गोल अन्तरले पाराजित ग¥यो । एसवाइसिबीको जीतमा रवीन्द्र मल्ल र खीम गुरुङले समान १ गोल गरे भने विष्णु पादुकाका तर्फबाट विशाल सुनारले सान्त्वना १ गोल फर्काए ।
छैटौं खेलमा लाहाचोक एफसीले काँडे एपेक्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान जमायो । लाहाचोकको जीतमा विवेक सन्तोषीले २ गोल र मनिस थापा, दीपेन्द्र नेपाली । अनिल थापा मगरले समान १ गोल दिलाए ।
सातौं खेलमा पाटन एफसीले भदौरे क्लबलाई ३–० गोल अन्तरले हरायो । पाटनको जीतमा कुशल राईले २ गोल र हानोक तामाङले १ गोलको योगदान दिए ।
त्यसैगरी नयाँगल्ली र ह्याप्पी ब्रदर्शबीच भएको आठौं खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा नयाँगल्ली ३–१ गोल अन्तरले विजयी बन्यो ।
त्यस्तै अन्तिम खेलमा रत्नसमाज सेवा समिति कसेरीलाई कमल पोखरी एफसीले १–० को गोल अन्तरले हरायो । कमल पोखरीको जीतमा हेम आलेमगरले निर्णायक गोल गरे । सोमबार समेत ९ खेल सञ्चालन गरिने बताउँदै प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले पहिलो खेल भीमकाली क्लब र एम फाइभबीच हुने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१