हेमजा । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीले देशमा धेरै उपलब्धि हासिल हुन सकेको बताएका छन् । उनले बेपत्ता परिवार, घाइते, अपांग, लोपोन्मुख जातिलाई राज्यले संरक्षण गर्नुपर्नेमा समेत जोड दिए ।
माओवादी जनयुद्धका सहिदको स्मृति पोखरा–१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय माविमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापामगरले सो कुरामा जोड दिएका हुन् ।
उनले केही शक्तिले नेपाललाई अस्थिर बनाउन लागे पनि सर्वोच्च अदालतको फैसलासँगै तत्कालका लागि त्यसको अन्त्य भएको जनाए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सहिद परिवारको त्यागमा कारण नेपालमा ठूलाठूला परिवर्तन आएको चर्चा गर्दै प्राप्त उपलब्धि रक्षा गर्न संघर्ष गरिरहनुपर्ने औँल्याए । अझै पनि राज्यको मूल प्रवाहले सहिद, बेपत्ता, घाइते परिवारलाई उचित सम्मान गर्न नसकेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालय अध्यक्ष हरि अधिकारी, बेपत्ता परिवार सदस्य तेजकुमारी पौडेल, विद्यालयका प्रअ मोना गिरी, विद्यार्थी सरिता भण्डारी, मनोज धामी, शिक्षक सचिन सुवेदी लगायतले धारणा राखेका थिए।
उनीहरुले जनयुद्घको लक्ष्य अझै पूरा नभएको, सहयोद्घा विभिन्न समूहमा विभाजित हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको, सहिदको बलिदानीलाई राज्यले कम आँकलन गरेको बताए ।
सो अवसरमा मन्त्री थापामगरको सहयोगमा विद्यालयमा अध्ययनरत ३ सय ५० जना विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो ।
माओवादी जनयुद्घका प्रथम सहिद गोरखा निवासी दिलबहादुर रम्तेल तथा झापा विद्रोहमा (सुखानी) साहदतप्राप्त रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको स्मृतिमा वार्षिक रुपमा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१