पोखरा । तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा सम्मानित भएका छन् ।
तनहुँ सम्पर्क समाज पोखराको १९ औं स्थापना दिवस अवसरमा उनलाई १० हजार सहित ताम्रपत्र प्रदान गरिएको हो ।
यसअघि समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भीम रानाभाट रहेको पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको थियो ।
समाजले हरेक वर्ष स्थापना दिवस पारेर तनहुँ स्थायी घर भई पोखरा कार्यथलो बनाएर विभिन्न विधामा आवद्ध सामाजिक कार्यमा अग्रसर व्यक्तिलाई उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले बताए ।
सम्मानपछि उपकुलपति प्राडा थापाले सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए । समाजले के दियो नभै, के दिन सक्छु भन्ने मान्यताले लगनशील भएर लाग्ने जो कोही आफ्नो क्षेत्रमा सफल बन्न सकिने शिक्षा आफूले लिएको बताए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु चन्द्रविक्रम अधिकारी, मुरलीमोहन काफ्ले, ईश्वरप्रसाद सुवेदी, सल्लाहकार नीलकण्ठ शर्मा, श्रीकान्त शर्मा खतिवडा लगायतले समाजले गर्ने सामाजिक गतिविधि तथा समाजको पहिचान बोक्ने कार्यलाई निरन्तरता दिन सुझाव दिए ।
पुरस्कार छनोट समिति संयोजक पौडेलले पुरस्कृत प्रतिभाको परिचय र कार्यक्रमबारे प्रकाश पारेका थिए। समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भरत केसीले स्वागत र महासचिव यामबहादुर सुर्खालीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१