आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
aarati

पोखरा । लोकदोहोरी गायिका आरती अधिकारीको ‘लुकी लुकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।

कृष्ण पौडेलको लय र शब्दमा रहेको गीतमा आरतीलाई कृष्ण पौडेलले स्वरमा साथ दिएका छन् ।

पोखरेली युवा निर्देशक होम गुरुङले निर्देशन गरेको गीत पोखरा आसपासमा छायांकन गरिएको हो । गणेश सापकोटाको छायांकन रहेको गीतको सम्पादन सुवास अमगाईंको हो ।

गीतमा लोमस शर्मा र अमृता सापकोटाले अभिनय गरेका छन् । गायिका अधिकारीले गीत समसामयिकसहित मनोरञ्जनात्मक रहेको बताइन् । शिव हमालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width