पोखरा। स्याङ्जाको फेदीखोलास्थित शीतला माविले ६३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोल्ने वक्ताले सहरमा बसाइँसराइ कारण ग्रामीण भेकका विद्यालय संकटमा परेको धारणा राख्दै गाउँमा आर्थिक गतिविधि हुनुपर्नेमा जोड दिए ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले गाउँपालिकाको विकासका लागि प्रविधि,पूर्वाधार र प्रोत्साहनलाई जोड दिएको बताए । उनले गाउँको पैसा बजार गएको बताए । गाउँलेका लागि आफ्नो भीरपाखा, वन, पानीको माया रहे पनि आर्थिक क्रियाकलाप अभावमा जीवनयापन कठिन बनेको बताए ।
सुन्दर र समुन्नत फेदीखोलाको नारा बोकेर गाउँपालिका अघि बढिरहेको बताउँदै सुवेदीले गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी २ हजार अनुदान दिएको जानकारी दिए ।
फेदीखोला ४ का वडा अध्यक्ष माधव सुवेदीले गाउँपालिकाले आफ्नै हावापानी, माटो चिनाउने गरी आफ्नै पाठ्यक्रम तयार गर्न लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गरुङले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्दै भने, ‘गाउँको विकास गर्न व्यावहारिक शिक्षाका लागि प्रोजेक्टर समेत वितरण गरेका छौं ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कर्मफ्लाइट फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर प्रेमबहादुर कुँवर, साहित्यकार रवीन्द्र माकाजू, शिक्षक अभिभावक संघका अध्यक्ष, छविलाल शर्मा पौडेल, छात्रा नन्जिता गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा छात्रछात्राले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कर्मफ्लाइट फाउन्डेशनतर्फबाट विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरियो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१