पोखरा । गोरखाको बारपाकस्थित १ घरमा ३ जना मृत्त अवस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।
मुखबाट फिँज आएकाले विशाक्त खानाका कारण याे घटना भएकाे प्रहरीकाे अनुमान छ ।
मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् । दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन् । उषा नजिकको आफन्त रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सोमबार बिहान अबेसम्म पनि घरको ढोका नखुलेपछि स्थानीय घरभित्र पसेर हेर्दा तिनैजना मृतावस्थामा भेटिएका थिए ।
घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी चौकी जौबारीबाट थप फोर्स बारपाक गएको एसपी गुरुङले बताए ।
घरका अरु सदस्य चितवनस्थित आफन्तको मृत्युसंस्कारका सहभागी हुन गएका बेला यस्ता घटना भएको स्थानीयले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१