विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

आदर्श समाज सम्वाददाता
माघ २७, २०७७
hitendra shakya

काठमाडौं ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

कात्तिक २१ गते शाक्यलाई उर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाएको थियो। उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनइए इन्जिनियरिङ कम्पनी’बाटकाज फिर्ता गरेर नियुक्त गरिएको थियो। त्यसपछि उनी प्राधिकरणको कायममुकायम जिम्मेवारीमा थिए।

कुलमान घिसिङको कार्यकाल सकिएपछि तत्कालीन उर्जामन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई वरिष्टताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए। घिसिङको पुनर्नियुक्तिमा असहमत देखिएका प्रधानमन्त्री ओलीले कोइरालालाई जिम्मेवारी दिएकोमा आपत्ति जनाएपछि शाक्यलाई प्राधिकरणको जिम्मेवारी दिइएको थियो।

सोमबार बसेको मन्त्रिपरिषदले शाक्यलाई कार्यकारी निर्देशक बनाएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width