पोखरा । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ ।
वीच्याट–पे मोवाइल वालेट प्रयोगकर्ताले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
सो सम्झौतामा मुक्तिनाथतर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पे मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीले विभिन्न सामग्री खरिद तथा तथा सेवा प्रयोगवापत सो सुविधा लिई भुक्तानी गर्न सक्ने छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिमएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखाबाट गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१