पोखरा । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ । युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा हो ।
सेवा सुरुआतको अवसरमा युआरएलले बेसीसहर शाखमा मधुमेह र युरिक एसिड जाँच सित्तैमा र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले छुट फागुन १५ गतेसम्म कायम हुने जानकारी दिए ।
करिब डेढ करोड लगानीमा स्थापना भएको शाखाले सबै प्रकारका रक्त जाँच गर्ने पन्तले बताए । उनले भने, ‘रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनुपर्दैन ।
दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिन्छौं ।’ अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने योजना सुनाए ।
यसअघि युआरएलले तनहुँको दमौली र दुलेगौंडामा खोलिसकेको छ । २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलको प्रधान कार्यालय पोखराको न्युरोडमा छ । करिब ८ करोड लगानी रहेको युआरएलले अहिलेसम्म साढे २ लाखलाई सेवा दिइसकेको छ ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१