जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
pn

पोखरा । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान, नेपालबाट प्रकाशित विभिन्न पुस्तक पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई हस्तान्तरण गरिएको छ ।

प्रतिष्ठान अध्यक्ष मदनराज थापाले प्रकाशित विभिन्न पुस्तक, अभिनन्दन ग्रन्थहरु विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठान अध्यक्ष थापाले भविष्यमा पनि नेपाली विभागसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विभागीय प्रमुख प्राडा न्यौपानेले प्रतिष्ठानबाट भएको सहयोगप्रति आभार प्रकट गरे ।

कार्यक्रममा प्राध्यापक कुञ्जराज थापाले नेपाली विभागले गर्दै आएको कार्य दिगोरुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

जनकविकेशरी धर्मराज थापाको २०७१ र उनकी धर्मपत्नी सावित्री थापाको २०७४ सालमा निधन भएको थियो । उनीहरुको स्मृतिमा गठित प्रतिष्ठानले विविध कार्यक्रम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै