हेमजा । हेमजा साहित्य प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक अध्यक्ष महाकाव्यकार जर्नादनशरण त्रिपाठीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले टीकाराम बास्तोलाको स्मृति दिवसको अवसर पारी त्रिपाठीलाई माला, दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । कार्यक्रममा मुकुन्दशरण वाङ्मय परिषद् तथा जरोटुप्पो संरक्षण साहित्य प्रतिष्ठानका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले स्वः टीकाराम बास्तोलालाई साहित्यकार, प्रशासक, प्राध्यापक तथा समाजसेवीका रुपमा चिनाउँदै सम्मानित त्रिपाठीको साहित्यीक व्यक्तित्वबारे उल्लेख गरे ।उनले हेमजा साहित्य प्रतिष्ठानले उल्लेखनीय कार्यहरु गर्दै आइरहेको भनाई पनि राखे ।
पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक नारायण न्यौपानेले स्वः बास्तोला भद्र साथै कर्मशील व्यक्तित्व रहेको स्मरण गर्दै उनले साहित्य मार्फत नेपाली राष्ट्रवाद प्रस्तुत गरेको औंल्याए ।
उक्त अवसरमा प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले सम्मानित त्रिपाठीको साहित्यीक व्यक्तित्वका वारेमा प्रकाश पारेका थिए । स्वः बास्तोलाका छोरा रमेश बास्तोलाले बुबाको सम्झनामा कार्यक्रम गरेकोमा प्रतिष्ठानप्रति आभार जनाए ।
कार्यक्रमका बीच प्रतिष्ठानद्वारा मासिक नियमित हुँदै आएको शुभप्रभात काव्यमालाको
दुई सय ९ औं शृंखला पनि सम्पन्न भयो । उक्त अवसरमा गंगा त्रिपाठी, विष्णुप्रसाद बास्तोला, प्रकाश त्रिपाठी, वसन्तराज त्रिपाठी, ढुण्डीराज ज्ञवाली, शिव त्रिपाठी, सरिष्मा बास्तोला लगायतले रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहसचिव बलराम पौडेलले स्वागत तथा सचिव वसन्त बास्तोलाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१