स्याङ्जा । ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले यस वर्ष २०७७ को साहित्यिक पुरस्कार विश्वप्रेम अधिकारीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार उक्त सम्मान अर्पण गरेको हो ।
अधिकारीले कविता, गजल, निबन्ध, कथा र लोकसाहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले दर्जनौं कृति प्रकाशित गर्नुका साथै साहित्यिक रचना र सम्पादनका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
गण्डकी क्षेत्रमा रहेर साहित्य, संगीत, एवं कलाको साधना गरी विशिष्ट योगदान पुर्याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ प्रदान गर्दे आएको छ ।
कवि चिन्तु गिरी संयोजक र स्रष्टाद्वय नारायण मरासिनी र सुन्दर मानन्धर सदस्य रहेको प्रतिभा छनोट समितिले यसपटक अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो । स्याङ्जाको पुतलीबजार–३, राङ्खोलामा विसं २००३ मा जन्मेका अधिकारी साहित्यिक लेखनसँगै नभएर सम्पादनको क्षेत्रमा समेत क्रियाशील छन् । अधिकारी स्याङ्जाली साहित्य प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।
कार्यक्रममा ‘ज्याग्दीखोलाको तरंग’ शीर्षकको कृतिको लोकार्पण समेत गरियो । कृति लोकार्पण गर्दै पुतलीबजार नगरपालिकाकी प्रमुख सीमाकुमारी क्षेत्रीले साहित्य समाजको ऐना भएकाले साहित्यको श्रीवृद्धिले समाजको पनि हित हुने धारणा व्यक्त गरिन् । सम्मानित व्यक्तित्व साहित्यकार विश्वप्रेम अधिकारीले आफूलाई पुरस्कारले जिम्मेवारी थपिएको धारणा व्यक्त गरे । उनले आफूले समग्र जीवन साहित्य र संस्कृतिको उन्नयनमा बिताएको धारणा व्यक्त गर्दै साहित्यलाई समाज र राष्ट्रले उपेक्षा गर्न नहुने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि, बौद्धिक तथा सामाजिक व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रममा साहित्यकार चिन्तु गिरी, लेखनाथ काफ्ले, नारायण मरासिनी, रविन केसी, लोकराज शर्मा, सिर्जना ढकाल, सीता नेपाल, प्रमोद पंज्ञानी, अर्जुन लम्साल, अनन्त कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । त्यस्तै हिमालयजंग बानिया, चुडामणि रेग्मी, नवराज सुवेदी, बाबुराम सिग्देल, युवराज पौडेल, अशोक शर्मा, भीष्म उप्रेती कार्यक्रममा सहभागी थिए ।
‘ज्याग्दीखोलाको तरंग’ भित्रका रचनामाथिको टिप्पणी समीक्षक भीम रानाभाटले गरे । कार्यक्रममा सर्जकहरूले आआफ्ना रचना वाचनसमेत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले पछिल्लो समय पत्रपत्रिका वा सञ्चार जगत आर्थिक सङ्कटमा फँस्दै गएको धारणा व्यक्त गर्दै यसको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले कला साहित्यको भूमिकालाई समाजले अझै बुझिनसकेकाले मुलुकमा साहित्यिक वातावरण निर्माण भइनसकेको बताए ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
हेमराज पहारी पुरस्कार मकवानपुरकाे झरना साहित्यिक परिवारलाई
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७