हेमजा । जनता समाजवादी पार्टीका सांसद हशिरण आचार्यले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा पुस २८ गते मूल्यबृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे । कोभिडपछिका दिनहरुमा १ सय २५ प्रतिशतसम्म मूल्य बृद्धि भएको तथ्यांक पेस गरिरहँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले भने प्रतिपक्षी दलका सांसदले मिथ्या आरोप लगाएको भन्दै टारे । उनले भने, ‘तर सांसदहरुले भनेजस्तो मूल्य बढेको छैन । मूल्यबृद्धि नियन्त्रण गर्न सरकारले धेरै काम गरेको छ । हामीले गरेका कामको प्रचार गर्न सकेका छैनौं ।’
तर बजारको अवस्था उनले भनेजस्तो छैन । बजार भाउ आकासिएको छ । उपभोक्ता मारमा परेकै छन् । मन्त्रीले वर्षदिन पुरानो तथ्यांकमा टेकेर संसदमै झुटो बोलेपछि उनको आलोचना उस्तै चुलिएको छ । यहि आलोचना चिर्न मन्त्री लम्साल आइतबार बजार अनुगमनमा निस्केका छन् । खाने तेल, अन्डा, निर्माण सामग्रीका पसलहरुमा उनी पुगे र बजार भाउ बुझे ।
मन्त्री लम्सालसहितको टोलीले केएल दुगड ग्रुप र नारायणी आयल रिफाइनरी उद्योगको पोखरास्थित बिक्री केन्द्रमा पुगेर जानकारी बटुल्यो । आदर्श स्टोर्स मालेपाटन र नमस्ते हाडवेयर जिरो किलोमिटरमा अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले बताए ।
मन्त्री लम्सालले मूल्यवृद्धिबारे प्रदेश सभाको बैठक र सञ्चार माध्यममा कुरा उठेपछि आफै अनुगमनमा निस्केको बताए । ‘मन्त्री ज्यू बजार भाउ बुझ्न जानुप¥यो, जनता महंगीकोे मारमा परे भन्ने धेरै नै गुनासो आयो, त्यसैले म आफै अनुगमनमा निस्केको हो,’ उनले भने । सडक र सदनमा आवाज उठेजस्तो बजार असन्तुलित नरहेको उनले दाबी गरे । ‘नियमित बजार अनुगमन भइरहेकै छ, कोभिडको बहाना बनाइ व्यवसायीले मूल्य बढाइएको भन्ने गुनासो पनि राम्रै थियो, तर अनुगमनका क्रममा त्यस्तो पाइएन,’ उनले भने ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले खाने तेल, अन्डा र निर्माणजन्य सामग्रीको मूल्य बृद्घि भएको भेटिएको बताए । उनका अनुसार अनुगमनका क्रममा व्यवसायीहरुलाई आफू खुसी मूल्य निर्धारण नगर्न, दैनिक सार्वजनिक रुपमा मूल्यसूची टाँस गर्न, नापतौलका सामग्री चुस्तदुरुस्त राख्न निर्देशन पनि दिइएको छ ।
अनुगनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको प्रदेश वजार अनुगमन टोली संयोजक नारायण आचार्य, गुणस्तर तथा नापतौल कार्यालय गण्डकी÷धौलागिरीका प्रमुख तीलक केसी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा प्रमुख शिवजी बरालसमेत सहभागी थिए ।
यसअघि गरिएको अनुगमनका क्रममा प्रशोधित पिउने पानीमा कोलिफर्म भेटिएपछि पोखरा–१८, भकुन्डेस्थित नेपा मिनरल वाटर प्रालि र न्यून गुणस्तरीय चाउचाउ उत्पादन गरेको भन्दै पोखरा नुडल्स प्रालिविरुद्घ जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको निर्देशक आचार्यले बताए । बजार अनुगमनलाई तीब्र पारी अस्वभाविक मूल्य बृद्घि रोकेरै छाड्ने उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१