एम्बुलेन्स खरिद गर्न सिद्धार्थ क्लबलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
ambulance

पोखरा । शुभसिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले सिद्धार्थ क्लबलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

क्लबको १३ औं साधारणसभा अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्लबको एम्बुलेन्स खरिद गर्न सहकारीले सो रकम सहयोग गरेको हो । सहकारी अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सिद्धार्थ क्लब अध्यक्ष पार्वती माकाजूलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सिद्धार्थ क्लब अध्यक्ष माकाजूले क्लबले २०५३ सालदेखि सिद्धार्थ बचत कोषमार्फत सदस्यबीच आर्थिक उन्नति हुँदैै आएको बताइन् । २०६४ सालमा क्लबद्वारा प्रवद्र्धित शुभसिद्धार्थ सहकारीले क्लबलाई एम्बुलेन्स खरिद गर्नको आर्थिक सहयोग प्रदान गरेकोमा आभार व्यक्त गरिन् ।

क्लबले पोखरामा २०५५ सालदेखि एम्बुलेन्स र २०५७ सालदेखि शववाहन सञ्चालन गर्दै आएको छ ।
सहकारीका संस्थापक अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष गणेशलाल श्रेष्ठले स्वागत र सचिव सचिन श्रेष्ठले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width

trending post

ट्रेन्डिङ्ग