दमौली । तनहुँको रिसिङ गाउँपालिकाले आयोजना गरेको पहिलो रिसिङ म्याराथन उपाधि जुम्लाका राजन रोकायाले हात पारेका छन् । ३ विधामा भएको दौडको खुलातर्फ गरिएको ४० किलोमिटर दूरीलाई २ घन्टा ५१ मिनेट २६ सेकेन्डमा पार गदै ५३ वर्षीय रोकायाले उपाधि हासिल गरेका हुन् । उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।
यसअघि पनि उनले वीरगञ्ज, बुटवलमा भएको म्याराथमा द्वितीय र काठमाडौंमा भएको म्याराथनमा प्रथम भएका थिए । २ घन्टा ५१ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै डोटीका ३४ वर्षीय नवराज साउद द्वितीय भए । यसअघि उननी व्यास नगरपालिकाले गरेको पहिलो म्याराथनमा पहिलो र दोस्रो म्याराथनमा द्वितीय भएका थिए । उनी पनि त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।
पालिकाभित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न म्याराथन
२ घन्टा ५७ मिनेट ५० सेकेन्डमा उक्त दुरी पार गर्दै सोलुखुम्बुका २९ वर्षीय सुमन कुलुङ तृतीय भएका छन् । उनी यसअघि व्यास नगरपालिकाले गरेको म्याराथनमा प्रथम भएका थिए । ३ घन्टा २ मिनेट ३५ सेकेन्डमा उक्त दुरी पार गदै कालीकोटका २५ वर्षीय देवराज महतारा सान्त्वना भएका छन् । उनी पनि यसअघि व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा द्वितीय भएका थिए । प्रतियोगितामा खुल्लातर्फ १ सय २५ जनाको सहभागिता थियो ।
रिसिङ गाउँपालिका–८ मा पर्ने ऐतिहासिक थलो रिसङे राजाको दरबार रहेको गढीडाँडाबाट सुरु भएको दौड रिसिङे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख गाउँपालिकाको कार्यालय हुँदै दुबुङ भ्युवटावरमा पुगेर अन्त्य भएको थियो ।
यो विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे । सान्त्वना हुने ३ जनाले १० हजार रुपैयाँका दरले पुरस्कार दिइएको अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।
१० किलोमिटर दुरीमा भएको स्थानीय दौडको उपाधि पदमबहादुर आलेले जिते । नेपाल आर्मीका उनले १५ हजार रुपैयाँ पाए । विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो भए । उनीहरुले क्रमश १० र ५ हजार रुपैयाँ प्राप्त गरे । ८८ जनाले यो विधामा सहभागिता जनाएका थिए ।
४ किलोमिटर दुरीमा भएको महिला दौडको उपाधि सिता रानाभाटले जितेकी छन् । यमुना थापा दोस्रो र सुम्मिता रानाभाट तेस्रो भए । उनीहरुले क्रमश १०, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । गढीडाँडादेखि रिसिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडिएका थिए । यो विधामा ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पालिकाभित्रका पर्यटकीय गन्तव्यको प्रर्बद्धन गर्न म्याराथन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘सम्भावना बोकेका धेरै गन्तव्य ओझेलमा परेको छन्,’ उनले भने, ‘खेलकुदको माध्यमबाट ती गन्तव्यको प्रबद्र्धनमा जुटेका हौं ।’
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१