पोखरा । राष्ट्रिय एकता दिवस अवसरमा पोखरा–११ का ३ सहकारी संस्था मर्ज भएका छन् ।
काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्था, फूलबारी बचत तथा ऋण सहकारी संस्था र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था मर्ज भई फूलबारी काहूँ देउराली कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा मर्ज भएका हुन् ।
गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी विभागका रजिष्ट्रार प्रेमप्रसाद ढकालले एकीकरण घोषणा समारोहको उद्घाटन गर्दै एकीकरणसँगै ऐतिहासिक फड्को मारेकोमा सफलताको शुभकामना दिए ।
कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, कास्की बचत संघका अध्यक्ष भेषराज बराल, कास्की बचत संघका निवर्तमान अध्यक्ष सुदीप ढकाल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख नरेश पाण्डे, सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’ वडा सदस्य मीनबहादुर गुरूङलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैबीच, संस्थाको विशेष अधिवेशनबाट बोधराज घिमिरेको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । समिति उपाध्यक्षमा टीकाराम बास्तोला, सचिव दीपकप्रकाश आचार्य, कोषाध्यक्ष काशीनाथ लामिछाने र सहसचिव खुमकुमारी रायमाझी चयन भए ।
सदस्यमा गुरुप्रसाद आचार्य, हरिप्रसाद बास्तोला, गोविन्द लामिछाने र सविना बास्तोला छन् भने लेखा समिति संयोजकमा सुभाष आचार्य, सदस्य दामोदर आचार्य र इन्द्रकुमारी आचार्य चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता रोहितराज बास्तोलाले जानकारी दिए ।
एकीकृत भएसगै संस्थाको कुल पुँजी ६ करोड ६४ लाख, निक्षेप २७ करोड र कर्जा प्रवाह २२ करोड पुगेको छ । संस्थाको शेयर सदस्य १ हजार २ सय २९ जना छन् ।
संस्थाको मुख्यकार्यालय पोखरा–११, काहूँमा हुनेछ भने सेवा केन्द्र फूलबारी र काहूँ सिस्नेरीमा रहने संस्थाका सचिव दीपकप्रकाश आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१