खेम गुरुङको ‘घर त गलकोट’

आदर्श समाज संवाददाता
पौष २२, २०७७
ghar ta galkot

पोखरा । गलकोट, कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुब मार्फत सार्वजनिक भएको छ । ‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थें, विभिन्न समस्याको कारण गीत रेकर्ड गर्न सकेको थिइन, लामो संघर्षपछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र संगीतमा गीत तयार पारेको उनले बताए ।

केही समय विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए । गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए ।

गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, शिवानी कार्की र विपीन मल्लको अभिनय छ । राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width