पोखरा । २ तिहाई बहुमतको सरकार छ । त्यसमाथि राष्ट्रिय जनमोर्चाको समर्थन । ६० सांसदमध्ये सरकारको समर्थनमा अहिले ४३ जना छन् । कांग्रेस र जनता समाजवादी पार्टी प्रतिपक्षमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णयपछि भएका राजनीतिक परिघटनाले गण्डकी प्रदेशमा २ तिहाइको सरकार सामान्य बहुमत समेत नपु¥याउने अवस्थामा पुगेको छ । विभाजित नेकपामा २७ जना प्रधानमन्त्री ओली पक्षधरका सांसद यहाँ छन् भने १३ जना प्रचण्ड–नेपाल समूहका ।
जुनसुकै बेला प्रचण्ड–नेपाल समूहले साथ छोड्न सक्ने आँकलन गरेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साना दल रिझाउन लागि परेका छन् । जनमोर्चाले खुलेरै समर्थन गर्ने घोषणा गरिसकेको छ । जनमोर्चाको समर्थनपछि उनको पक्षमा ३० सांसद पुग्छन् । २ सदस्यीय जनता समाजवादी पार्टीलाई आफ्नो पक्षमा ल्याएर ढुक्कसँग सरकार चलाउने पक्षमा मुख्मन्त्री देखिन्छन् ।
पूर्व माओवादीको समर्थन रहुन्जेल चुपचाप बस्ने र समर्थन फिर्ता लिनेबित्तिकै सरकार जोगाउनका लागि जनता समाजवादीलाई ‘ब्याकअप’का रुपमा उनले देखेका छन् ।
‘हामीलाई सहयोग गर्नुस् भन्नुभएको छ । मैले सकिँदैन भनेर निस्केको छु,’ जसपाका सांसद हरिशरण आचार्यले भने, ‘संसदमा कांग्रेसभन्दा बढी प्रतिपक्षीको रुपमा प्रस्तुत भएका छौं । हामी नै सरकारमा जाँदा अलि सुहाउँदैन ।’ मुख्यमन्त्रीसँगको भेटमा विशेष अधिवेशनबारे छलफल भएको र सत्ता साझेदारीका लागि प्रस्ताव भए पनि आफ्नो पार्टीले स्वीकार नगर्ने आचार्यले बताए । सत्तारुढ सांसदहरु पटक÷पटक फोन गरेर जसपा फकाउन लागिरहेका छन् ।
जसपाकी अर्की सांसद धनमाया लामाले पनि आफूलाई धेरैतिरबाट सहयोग मागेको बताइन् । ‘फोन आइरहेको छ । सरकारलाई सहयोग गर्नुस् भन्नुभएको छ,’ उनले भनिन्, ‘हाम्रो पार्टी आन्दोलनमा जाने घोषणा गरेको छ । सरकारमा जान सकिँदैन ।’ प्रतिपक्षमा रहेका पार्टीहरुले पनि आफ्नो गठबन्धनलाई सघाउन आग्रह गरेको उनले सुनाइन् ।
सुरुमा कांग्रेस र माओवादीको गठजोडमा साना दललाई समेत समेटेर सरकार बनाउने धारणाहरु दुवै पार्टीले राखेका थिए । पूर्व माओवादी सांसदहरुले त मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रश्ताव नै दर्ता गर्ने बताएका थिए । तर गणपूरक संख्या नपुग्दा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना निकै कम छ । अहिले प्रतिपक्षी दलहरु मुख्यमन्त्रीले विश्वासको मत लिँदा असफल बनाउने जोडघटाउमा छन् ।
सरकार (ओली) पक्ष भने अरु पार्टीका सांसदसँगको भेटलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘मन्त्रीसँग भेट्नु, मुख्यमन्त्रीसँग भेट्नु सामान्य कुरा हो । अहिलेको सरकार तलमाथि हुँदैन,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘भोलि समस्या नै आयो भने बहुमत यही नेकपाभित्रबाट पु¥याउँछौं ।’ विभाजनपछि फरक संसदीय दल बनाएको प्रचण्ड–नेपाल समूहमा पनि दुई धार देखिएको छ । एकथरि यही सरकारलाई सहयोग गरेर जानुपर्नेमा छन् भने अर्कोथरिले राजीनामा दिनुपर्नेमा जोड गरेका छन् ।
आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले यही सरकारलाई निरन्तरता दिन आन्तरिक समझदारी भएको बताएका छन् । मुख्यमन्त्रीले राजीनामा नमागेसम्म उनीहरुले सरकार नछोड्ने पक्का छ । मुख्यमन्त्री पनि आफ्नै पद धरापमा पारेर मन्त्रीहरुको राजीनामा माग्ने वा वर्खास्त गर्ने पक्षमा छैनन् । सार्वजनिक कार्यक्रममै उनले दुवै मन्त्रीलाई बर्खास्त नगर्ने बताइसकेका छन् ।
गण्डकीको राजनीतिमा नेपाली कांग्रेस भने चुपचाप छ । सुरुमा पूर्व माओवादीसँगको सहकार्यमा सरकारको जोडघटाउमा लागे पनि पछि विज्ञप्ति निकालेर केन्द्रीय कार्यसमितिको निर्णय नआउँदासम्म तटस्थ बस्ने बताएको थियो । पार्टीबाट कुनै औपचारिक निर्णय नभएकोले ‘साइलेन्स’ बसेको विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । ‘हामी जोडघटाउमा छैनौं । केन्द्रीय समितिले निर्णय पठाएपछि एक्सनमा जान्छौं,’ उनले भने, ‘सरकारले गरेको अलोकतान्त्रिक कदमको विरोध गर्न सडकमै छौं ।’
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१