नवलपरासी । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका १७ लाख बढीका सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल २६ नम्बर गण पश्चिम नवलपरासीबाट खटिएको शसस्त्र प्रहरी बलको टोलीले जिल्लाको पाल्हीनन्दन, सरावल, सुस्ताका विभिन्न स्थानहरुबाट बाख्रा, लत्ताकपडा, विभिन्न प्रकारका ईलेक्टोनिक सामान, रेडबुल, मोटरपार्टंका सामान लगायत विभिन्न प्रकार सामान सहित तस्करीमा संलग्न लु १ च २०५५ नम्बरको पिकअप भ्यान गरी जम्मा १७ लाख ७६ हजार रुपियाँ बराबरका अबैध सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गण वेलास्पुरका सूचना अधिकृत माघव रेग्मीले बताए ।
करिब २७ किलोमिटर क्षेत्रमा रहेको पश्चिम नवलपरासीको भारतसंगको खुल्ला सिमानाको दुरुपयोग गर्दै तस्करहरुले जिल्लाका गेरमा, भगतपुरवा, चमनटोला, बुलन्दपुर, लगायतका स्थानहरुबाट भन्सार छली गरी विभिन्न प्रकारका सामानहरु भित्राउने गरेका छन् ।
जिल्लाको विभिन्न स्थानहरुबाट बरामद गरिएका अबैध सामानहरु एवं गाडीलाई आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको पश्चिम नवलपरासी क्षेत्रमा सुरक्षाको जिम्ममा रहेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका गणपति महेश अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१