जनकपुर पुग्नुपर्ने विमान कसरी आयाे पोखरा ? बद्ध एयरले थाल्याे छानबिन 

आदर्श समाज संवाददाता
पौष ५, २०७७
1608358636_buddha

फाइल तस्बिर

पाेखरा । बुद्ध एयरले जनकपुर पुग्नुपर्ने विमान पोखरा पुगेको प्रकरणको छानबिन गर्ने भएको छ। बुद्ध एयर स्रोतका अनुसार उक्त प्रकरणमा छानबिन गर्न समिति गठनसमेत गरिसकिएको छ। तर समितिमा को–को छन् भन्नेबारे सार्वजनिक गरिएको छैन।

शुक्रबार बुद्ध एयरको ६०७ नम्बरको विमान जनकपुर उड्नुपर्नेमा पोखरा आइपुगेको थियो।

प्रारम्भिक अनुसन्धानमा यस घटनामा ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारीलाई दोषी मानिएको छ। ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारी, टावर र पाइलटबीचको समन्वय अभाव नै घटनाको कारक भएको बताइएको छ।

विमान उड्ने बेलामा एयरहोस्टेसले विमान जनकपुर जाँदैछ भनेको र पाइलटलाई दिइएको कागजमा पनि जनकपुर नै उल्लेख भएको बताइएको छ। यस्तै, ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारीले पनि जनकपुर नै उड्नुपर्ने भनेका थिए। तर टावरले पोखरा जान भनेकाले पाइलट झुक्किएको बताइएको छ।

विमान पोखरा विमानस्थलमा अवतरण गरेपछिमात्र यात्रुहरुले आफूहरु जनकपुर नभई पोखरा उत्रिएको थाहा पाएका थिए। त्यसपछि यात्रुलाई पुनः जनकपुर पठाइएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width