पोखरा । पोखरा महानगरपालिका १० मा आबद्ध महिला स्वयंसेवीलाई सहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० ले बुधबार सम्मान गरेको छ । १७ औं राष्ट्रिय स्वयसेवीका दिवस २०७७ का अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
वडा सदस्य एवं सहरी स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गरी अति विपन्न परिवारका सदस्य लगायत अन्य बिरामीलाई निशुल्क सेवा दिँदै आइरहेको भन्दै स्वयंसेवीको प्रशंसा गरे । जनसेवामा खटिएका १४ जना स्वयंसेवीलाई उक्त अवसरमा सम्मान गरिएको छ । १४ जनामध्ये १ जनालाई उत्कृष्ट छनोट गरी विशेष सम्मान गरिएको छ ।
वडाध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माया गुरुङ भुजेल लाई उत्कृष्ट घोषणा गरी मायाको चिनो, सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका अस्पताल निरीक्षक सविना श्रेष्ठ, वडा सदस्यमा निशा मल्ल ठकुरी, प्रतिभा विक पोखरेल, दीपकबहादुर थापा, वडा सचिव हरिकृष्ण आचार्य लगायतले भनाइ राखे राखे ।
यसैगरी सम्मानित माया गुरुङ भुजेल, महिला स्वयं सेविका वडा नं १० का संयोजक गीता कोइराला र नेपाल रेडक्रस सोसाइटी पोखरा १० वडास्तरीय विपत व्यवस्थापन समिति संयोजक टुकाराम लामिछाने लगायतले सहरी स्वास्थ्य सेवा केन्द्रको अवस्थाका बारेमा भनाइ राखे ।
Related News
सम्बन्धित समाचार
रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतना
जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
पुतलीबजार पूर्णखोप सुनिश्चिता पालिका घोषणा
युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१