विवाहको ५० औं वर्षमा अक्षयकोष

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
Tara Pakhe

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका आजीवन सदस्य तारा पाखे र उनकी धर्मपत्नी सत्यदेवी गौतमका नाममा ५१ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना हुने भएको छ ।

वैवाहिक जीवनको ५० औं वर्षप्रवेशका अवसरमा उनका छोराबुहारी अनिल गौतम र सन्जु गौतमले उक्त कोष स्थापना गर्न लागेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष डा भूमिराज बस्ताकोटीलाई कोष स्थापना गर्ने रकम हस्तान्तरण गर्दै तारा पाखेले भाषासाहित्यको सेवाका लागि कोषबाट आउने ब्याज रकम सदुपयोग गर्न अनुरोध गरे ।

सम्भव भएसम्म आगामी दिनमा अक्षयकोष वृद्धि गर्ने आश्वासन पनि उनले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width