काठमाण्डौ, मंसिर ४: देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २८ हजार १०६ सक्रिय सङ्क्रमित छन् । देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१