गण्डकीमा थप ९९ संक्रमित

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
covid 19 corona banner

पोखरा, २५ कार्तिक । गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीको पहिलो विज्ञप्ति अनुसार कास्कीका ३८ जना, बागलुङ र गोखराका ७/७ जना र स्याङ्जाका ९ जना रहेको जनाएको छ । त्यस्तै दोश्रो विज्ञप्तिमा कास्कीका ३८ जना संक्रमण देखिएको जानकारी दिएको छ ।

कास्कीका संक्रमित पोखरा महानगरपालिका, रुपा र मादी गाउँपालिकाका रहेका छन् । त्यस्तै, बागलुङको बागलुङ नगरपालिका, गोरखाको पालुङटार र स्याङ्जाको भिरकोट र वालिकाङका रहेका छन् ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ५४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width